नयाँ पार्टीको नाम जुराउन जनार्दनको टिमसँग छलफलमा सन्तोष र मानुषी « Khabarhub

नयाँ पार्टीको नाम जुराउन जनार्दनको टिमसँग छलफलमा सन्तोष र मानुषी


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियारले माओवादी केन्द्र छोडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका नेता जनार्दन शर्मासँग संवाद थालेका छन् ।

ललितपुरको एक क्याफेमा जनार्दनसहित राम कार्की, सुदन किराती र नयाँ शक्ति नेपाल (नेसपा)की मानुषी भट्टराई पनि नयाँ पार्टी निर्माणका लागि छलफलमा जुठेका छन् ।

जनार्दननिकट एकजना नेताका अनुसार बिहा ११ बजेदेखि उनीहरू ललितपुरको एक क्याफेमा छलफल चलिरहेको छ ।

जनार्दनसहित छलफल भएको केही समयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसचेतक परियार पनि जोडिएका थिए। त्यसपछि उनी जनार्दनको अभियानमा जोडिने करिब पक्का भएको छ।

‘छलफल चलिरहेको छ, सम्भवत: हाम्रो टिममा सन्तोषजी र मानुषीजी पनि जोडिनुहुन्छ’, उक्त क्याफेबाट एक नेताले खबरहबलाई भने, ‘धेरै दिनदेखि हामी छलफलमा थियौँ। सन्तोषजी र मानुषीजी पनि हामीलाई चाहिने नेता हो ।’

उनीहरू दुवैजना यस अभियानमा जोडिन उत्साहित रहेको ती नेताले बताएका छन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेताहरू पनि सहभागी छन्।

स्रोतका अनुसार नयाँ पार्टी गठनको दिशामा त्यहाँ छलफल भइरहेको छ। पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी या प्रगतशील नागरिक पार्टीसहित कुनै एक राख्ने गरी उनीहरू छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : २९ बजे

टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं – नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल

प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन

बाँके – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन