१४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण  | Khabarhub Khabarhub

१४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । 

पशु कल्याणका लागि काम गर्ने संघ संस्थाहरूसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । 

बन्ध्याकरण गरिएका कुकुर/बिरालोलाई रेबिज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशु चिकित्सक डा. पूजा खनालले जानकारी दिइन् । 

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेबिजविरुद्धको खोप दिइएको थियो । 

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेबिज विरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले २०७९/०८० सामुदायिक कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप दिने र बन्ध्याकरण गर्ने कार्यक्रमलाई नियमित सञ्चालन गरिरहेको छ । 

यस वर्ष गएको असोज २२ गते सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघ संस्थाबाट आवेदन आह्वान गरिएको थियो । आवेदनमध्ये छनोट भएका ५ वटा संघ संस्थाहरूलाई वडा छुट्याएर जिम्मेवारी दिइएको छ ।

यसरी प्रदान गरिएको जिम्मेवारीमा स्नेहाज केयरलाई वडा नम्बर २, ८, १२, १३, १४ र २९ गरी ६ वटा वडा जिम्मेवारी दिइएको छ । 

जसमध्ये केयरले वडा नम्बर १४ मा १५६ वटाको बन्ध्याकरण गरेको छ । काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक)लाई वडा नम्बर ११, २१, २२, २४, २८ र ३० गरी ६ वटा वडाको जिम्मेवारी दिइएको छ । जसमध्ये सेन्टरले वडा नम्बर ११ मा २९ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । 

पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपीसीए) लाई वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ गरी ७ वटा वडाको जिम्मेवारी दिइएको छ । 

जसमध्ये समाजले वडा नम्बर १ मा ६२ वटा कुकुरको र वडा नम्बर ३ मा ८४ वटा कुकुरको बन्ध्याकरण गरेको छ । 

मण्डला भेटनरी अस्पताललाई वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ गरी ६ वटा वडा दिइएको छ । जसमध्ये अस्पतालले वडा नम्बर ६ मा ३३ वटा र ३२ मा ३४४ वटाको बन्ध्याकरण गरेको छ । 

काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) लाई वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० गरी ७ वटा जिम्मा दिइएको छ । सेन्टरले अहिलेसम्म वडा नम्बर १६ मा ४०३ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।  

सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति कार्तिक १३ गते सम्झौता गरेर १४ गतेबाट नै काम थालनी गरिएको हो । 

यस वर्ष पुस अगाडि करिब ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना छ । थप बजेटको व्यवस्था हुन सके थप ४ हजारको बन्ध्याकरण गर्ने योजना रहेको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । 

एउटा कुकुर वा बिरालोको बन्ध्याकरण गरेर रेबिज विरुद्धको खोप लगाएबापत महानगरपालिकाले २ हजार ५ सय रुपियाँ भुक्तानी दिनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ४९ बजे

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले

खगेन्द्रलाई रोमान्टिक देखाएर फिल्म ‘हर्ष’को गीत ‘कुटु कुटु’ सार्वजनिक

काठमाडौं – नायक खगेन्द्र लामिछाने र नायिक वर्षा सिवाकोटी शीर्ष

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

गण्डकी– गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेशसभाले बहुमतले

सिद्धार्थ बिजनेस ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर

काठमाडौं– सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर