निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता « Khabarhub

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ ।

आयोगले उपसचिवहरू प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ ।

आयोगका प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् भने सूचना अधिकारीमा कम्प्युटर अधिकृत सुमन घिमिरेले कार्य गर्दै आएका छन् । 

विगतका निर्वाचनमा पनि सहायक प्रवक्ताहरू थपेर निर्वाचनका सूचना र गतिविधिलाई महत्त्व दिने आयोगको अभ्यास रहेको छ । 

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ र राष्ट्रियसभा सदस्यको १८ सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि निर्धारण गरिएको छ ।  
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ३७ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६