नुवाकोटमा बालबालिकाको निःशुल्क मुटु परीक्षण « Khabarhub

नुवाकोटमा बालबालिकाको निःशुल्क मुटु परीक्षण


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण गरिएको छ ।

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिइन् । 

शिविरमा काठमाडौं मेडिकल कलेज, वीरेन्द्र सैनिक र कान्ति बाल अस्पतालका चिकित्सकले परीक्षण र परामर्श दिएका थिए । 

शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँगाउँका बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्य सचेतना फैलाउन प्रयास भइरहेको बताए । 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ५४ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको