तेस्रोलिंगीको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन « Khabarhub

तेस्रोलिंगीको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता भएको छ । 

तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समितिले आयोगमा दल दर्ता गरिदिन निवेदन दिएको हो ।

संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा आयोग पुगेर दल दर्ताको निवेदन दर्ता गराइएको छ । 

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने गरी प्रक्रिया अगाडि बढाइदिन समाजवादी समावेशी पार्टी (ससपा) ले आयोगलाई अनुरोध गरेको छ । 

फागुन २१ को चुनावमा भाग लिन पाउने गरी निर्वाचन आयोगले नयाँ राजनीतिक दलहरूलाई दर्ताका लागि निवेदन दिन कार्तिक ३० गतेसम्मको समय दिएको छ ।

जेनजी आन्दोलनपछि नयाँ दल दर्ताका लागि शुक्रवार मध्यान्हसम्म २७ दलले निवेदन दिएका आयोगले जनाएको छ । नयाँ दलको रूपमा निवेदन दिने ससपा २४औँ दल बनेको छ। 

२७ गतेसम्म २३ वटा दलले निवेदन दिइसकेका छन्, दल दर्ता फाँटका कर्मचारीले बताए । ‘यो सहित अर्को एउटा गरेर दुई वटा निवेदन प्राप्त भएका छन्,’ कर्मचारीले जानकारी दिए ।

नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले पहिलो पटक आफ्नै नयाँ राजनीतिक दल गठन गरेका हुन् । पार्टीमा महिला र अपाङ्गता भएका व्यक्तिहरूको पनि सक्रिय सहभागिता रहेको छ ।

‘साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता’ सहितको पार्टीको घोषणापत्र २०८२ मा राज्यको शक्ति सिंहदरबारबाट होइन, टोल र वडाबाट सञ्चालन हुने भनिएको छ।  प्रविधि र करुणामा आधारित लोकतन्त्र निर्माण गर्ने र शक्ति ‘नेतामा’ होइन, ‘जनतामा’हुने घोषणापत्र सार्वजनिक गरिसकेको छ। 

पार्टीको नामअनुरूप ससपाले केन्द्रीय समितिलाई समावेशी बनाएको छ। हुम्ला र कालीकोटबाट समेत केन्द्रीय सदस्य समावेश छन् ।

आयोगमा ससपाले बुझाएको केन्द्रीय कार्य समितिमा अध्यक्ष झापाकी नुमा लिम्बु, उपाध्यक्ष खोटाङका पवन राई, ललितपुरका समशेर दंगाल क्षेत्री र लमजुङकी बबिता धिताल तामाङ छन् ।

ससपाको महासचिव सर्लाहीका मनिन्द्र सिंह दनुवार, सचिव मकवानपुरकी सञ्जीवनी लोप्चन, कोषाध्यक्ष सिन्धुलीका लासाङ दोर्जे बल र प्रवक्ता काठमाडौँकी प्रतीक्षा चापागाई छन्।

ससपाका केन्द्रीय सदस्यहरूमा नवलपुरका चन्द्र बहादुर गुरुङ, मोरङका विवेक मगर, रुपन्देहीका सनरेज पुन, काठमाडौँका श्याम बहादुर राई, कालीकोटका विष्णु सिंह ठकुरी, मकवानपुरका जय बहादुर घलान र हुम्लाका नरेश सुनार छन्। यस्तै, सुनसरीका कृष्ण कुमार तामाङ, नुवाकोटकी भावना क्षेत्री तामाङ, चितवनका देव गुरुङ, गुल्मीकी पार्वती परियार, मकवानपुरका विश्वराज अधिकारी र रुपन्देहीका देवेन्द्र बहादुर खत्री ससपाका केन्द्रीय सदस्य हुन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ६ : ०६ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब