परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने तरिकाले देश निर्वाचनमा जानुपर्ने बताएका छन्।

नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा उनले अहिले उत्पन्न असन्तुष्टिहरू सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

उनले हालको निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दललाई सामान्य बहुमत दिलाउन नसक्ने परिस्थितिमा जेनजी आन्दोलनका मागअनुसार संविधान संशोधन कठिन हुने टिप्पणी गरे । वर्तमान अवस्थाको निकास राष्ट्रिय सहमति नै भएकाले सबै पक्ष त्यसतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा अधिवक्ता डा आस्था दाहालले संविधानले सुनिश्चित गरेको मतदान अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँदै देश–विदेश जहाँ बसेका भए पनि नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले राजनीतिक परिवर्तनका चर्चा पर्याप्त भइसकेकाले अब मुलुकले आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताए ।

उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग अनिवार्य रहेको उल्लेख गर्दै उनले आर्थिक स्थिरताका आधारहरू मजबुत बनाउनुपर्नेमा जोड दिए ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले हरेक संस्थामा राजनीतिक भागबन्डा लगाइँदा आजको अवस्था सिर्जना भएको दाबी गरे । अबको सरकार जनप्रतिनिधिलाई यथाशीघ्र हस्तान्तरण गर्ने गरी छिटो निर्वाचन गराउनुपर्ने उनको भनाइ थियो ।

जेनजी अभियन्ता मिराज ढुङ्गानाले जनताको चाहना एकातिर र सरकारको ध्यान अर्कोतिर रहेको आरोप लगाउँदै जनताले अहिले सुशासनलाई प्राथमिकता दिइरहेकाले सरकारले त्यसअनुसार काम गर्नुपर्ने धारणा राखे । 

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले जेनजी समूह विखण्डित भएर भन्दा एकीकृत भएर अघि बढ्दा परिवर्तनका उपलब्धि जोगाउन सकिने बताए ।  रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ०६ बजे

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा

काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्