परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने तरिकाले देश निर्वाचनमा जानुपर्ने बताएका छन्।

नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा उनले अहिले उत्पन्न असन्तुष्टिहरू सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

उनले हालको निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दललाई सामान्य बहुमत दिलाउन नसक्ने परिस्थितिमा जेनजी आन्दोलनका मागअनुसार संविधान संशोधन कठिन हुने टिप्पणी गरे । वर्तमान अवस्थाको निकास राष्ट्रिय सहमति नै भएकाले सबै पक्ष त्यसतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा अधिवक्ता डा आस्था दाहालले संविधानले सुनिश्चित गरेको मतदान अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँदै देश–विदेश जहाँ बसेका भए पनि नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले राजनीतिक परिवर्तनका चर्चा पर्याप्त भइसकेकाले अब मुलुकले आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताए ।

उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग अनिवार्य रहेको उल्लेख गर्दै उनले आर्थिक स्थिरताका आधारहरू मजबुत बनाउनुपर्नेमा जोड दिए ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले हरेक संस्थामा राजनीतिक भागबन्डा लगाइँदा आजको अवस्था सिर्जना भएको दाबी गरे । अबको सरकार जनप्रतिनिधिलाई यथाशीघ्र हस्तान्तरण गर्ने गरी छिटो निर्वाचन गराउनुपर्ने उनको भनाइ थियो ।

जेनजी अभियन्ता मिराज ढुङ्गानाले जनताको चाहना एकातिर र सरकारको ध्यान अर्कोतिर रहेको आरोप लगाउँदै जनताले अहिले सुशासनलाई प्राथमिकता दिइरहेकाले सरकारले त्यसअनुसार काम गर्नुपर्ने धारणा राखे । 

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले जेनजी समूह विखण्डित भएर भन्दा एकीकृत भएर अघि बढ्दा परिवर्तनका उपलब्धि जोगाउन सकिने बताए ।  रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ०६ बजे

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ ।

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको

प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा

काठमाडौं- रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणले तनावको अवस्था ल्याउन थालेको

ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी

गाल्जे– तिलागुफा नगरपालिका–४ का स्थानीयवासी अहिले त्यो दिन अर्थात् विसं २०७९

विधान संशोधनको तयारीमा ओली : वरिष्ठ उपाध्यक्ष पद फर्काउने, पदाधिकारी संख्या बढाउने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशन्न एघारौँ महाधिवेशनको