मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था « Khabarhub

मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि अतिरिक्त पाँच दिन थप गरेको छ।

आयोगका अनुसार अब मंसिर ५ गतेसम्म देशभर मतदाता नामावली संकलन जारी रहनेछ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दर्ता प्रक्रिया सहज बनाउन बिदाका दिन पनि सबै निर्वाचन कार्यालयहरू खुला रहने छन्।

भण्डारीले इन्टरनेट तथा प्राविधिक समस्या देखिएमा तुरुन्तै समाधान गर्न २४ घण्टा प्राविधिक जनशक्ति खटाइएको जानकारी दिए।

दर्ता विस्तारसँगै नयाँ मतदाता बन्ने इच्छुक नागरिकलाई सहज वातावरण बनेको आयोगको भनाइ छ।

यस निर्णयपछि प्रधानमन्त्री कार्की, निर्वाचन आयोग र राष्ट्रिय पञ्जीकरण विभागप्रति सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्ने क्रम पनि बढेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : २१ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब