मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था « Khabarhub

मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि अतिरिक्त पाँच दिन थप गरेको छ।

आयोगका अनुसार अब मंसिर ५ गतेसम्म देशभर मतदाता नामावली संकलन जारी रहनेछ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दर्ता प्रक्रिया सहज बनाउन बिदाका दिन पनि सबै निर्वाचन कार्यालयहरू खुला रहने छन्।

भण्डारीले इन्टरनेट तथा प्राविधिक समस्या देखिएमा तुरुन्तै समाधान गर्न २४ घण्टा प्राविधिक जनशक्ति खटाइएको जानकारी दिए।

दर्ता विस्तारसँगै नयाँ मतदाता बन्ने इच्छुक नागरिकलाई सहज वातावरण बनेको आयोगको भनाइ छ।

यस निर्णयपछि प्रधानमन्त्री कार्की, निर्वाचन आयोग र राष्ट्रिय पञ्जीकरण विभागप्रति सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्ने क्रम पनि बढेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना