मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ « Khabarhub

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली हानी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो । ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिए । गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताए ।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : ३६ बजे

मध्यपूर्व युद्ध : लेबनानमा एक लाख मानिस विस्थापित

काठमाडौं- इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू

वरिष्ठ पत्रकार तथा कवि सुरेश किरणको निधन

काठमाडौं- भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश

रूपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र

लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्याउँदै उठ्नेछ

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी फेरि पनि धुलो

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष