इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने भारतको तयारी « Khabarhub

इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने भारतको तयारी


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने तयारी थालेको छ । यस विषयमा दुई देशका अधिकारीहरु छलफलमा जुटेका छन् ।

इजरायलको जेएनएस समाचार संस्थाका अनुसार भारतले लङ रेन्ज आर्टिलरी अर्थात् लोरा नामक क्षेप्यास्त्र प्रणाली र आइस ब्रेकर क्रुज क्षेप्यास्त्र निर्माणबारे तयारी गरिरहेको छ । भारतले लोरा ट्याक्टिकल ब्यालेस्टिक क्षेप्यास्त्र निर्माणका लागि इजरायल एरोस्पेस इण्डिस्ट्रिजसँग छलफल अघि बढाएको छ ।

त्यसैगरी, आइस ब्रेकर क्रुज क्षेप्यास्त्र निर्माणबारे रफायल एडभान्स्ड डिफेन्स सिस्टम नामक अर्को इजरायली कम्पनीसँग भारतले सहकार्य गर्नेछ । रक्षा सहकार्यका लागि भारतीय रक्षा सचिव राजेश कुमार सिंह र इजरायली रक्षा मन्त्रालयका महानिर्देशक आमिर बारामले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

हालै भारतीय रक्षा मन्त्रालयको प्रतिनिधिमण्डल इजरायल भ्रमणमा पुगेको थियो । सोही भ्रमणका क्रममा भारतीय पक्षले ‘मेक इन इण्डिया’ कार्यक्रम अन्तर्गत स्वदेशमै रक्षा उपकरण निर्माण गर्नका लागि छलफल गरेको इण्डिया डिफेन्स रिसर्च विङलाई उद्धृत गर्दै ग्लोब्सले जनाएको छ ।

भारत इजरायलको सबैभन्दा ठूलो रक्षा उपकरण खरिदकर्ता मुलुक हो । सन् २०२० देखि २०२४ सम्म इजरायलले निर्यात गरेको कुल रक्षा उपकरणको ३४ प्रतिशत भारतले खरिद गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ०२ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन