बंगलादेशमा सन्थाल समुदायको प्रदर्शन « Khabarhub

बंगलादेशमा सन्थाल समुदायको प्रदर्शन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशका आदिवासी सन्थाल समुदायले प्रदर्शन गरेका छन् । बंगलादेशका अल्पसङ्ख्यक सन्थाल समुदायले भेदभाव र हिंसाविरुद्ध प्रदर्शन गरेका हुन् ।

बंगलादेशमा आदिमकालदेखि सन्थाल समुदायको बसोबास रहेको बताइन्छ । सन् २०२२ को जनगणनाअनुसार बंगलादेशमा सन्थाल समुदायको जनसङ्ख्या १ लाख २९ हजार ४९ रहेको छ । यसमध्ये ९९ प्रतिशत सन्थाल इसाई धर्मावलम्बी छन् ।

पछिल्लो प्रदर्शनमा ७ सयभन्दा धेरै सन्थाल, बंगाली र इसाई अधिकारकर्मीको सहभागिता रहेको क्रस्कनाउले जनाएको छ । सन् २०१६ मा हजारौँ मानिसहरुका अगाडि तीन जना सन्थाल अधिकारकर्मीको हत्या भएको स्मरणमा प्रदर्शन आयोजना गरिएको हो ।

नेपाल र भारतमा पनि सन्थाल समुदायको बसोबास छ । पछिल्लो समय बंगलादेशमा सन्थाल, इसाई, हिन्दू लगायत धार्मिक तथा जातीय अल्पसङ्ख्यकलाई लक्षित गरी हिंसाका घटना बढेको बताइन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ४९ बजे

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल