भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर) « Khabarhub

भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि भृकुटी मण्डपमा नेता भेला भएका छन्। बैठकका लागि केन्द्रीय कमिटी सदस्य भृकुटी मण्डपमा भेला भएका हुन् ।अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म बैठकस्थल पुगेका छैनन्।

अध्यक्ष ओली केही नेतासँग अहिले संवादमै छन्। त्यसकारण उनी अहिलेसम्म केन्द्रीय कमिटी बैठकस्थल नपुगेको बताइएको छ।

आफ्नो टिम व्यवस्थापनमा समस्या भएपछि अध्यक्ष ओलीले बन्दसत्र रोकेर केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा चार पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव लाँदैछन् ।

प्रस्तावअनुसार चितवनमा भएको १० औं महाधिवेशनमा जस्तो पदाधिकारी १९ हुनेछन् ।

अध्यक्ष ओलीले बिहान ७ः३० बजे सुरु हुने बन्दसत्र रोकेर ९ बजेलाई केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्र दिउँसोसम्मका लागि सरेको हो । बन्दसत्रमा सहभागी हुन भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधि अलपत्र परेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : २३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर