निरज र जेनिशालाई स्केटिङ उपाधि « Khabarhub

निरज र जेनिशालाई स्केटिङ उपाधि


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बनेका छन् ।

नवीन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो भएका छन् । सिनियर महिलातर्फ जेनिशा श्रेष्ठ पहिलो, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो भएका छन् । पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको जुनियर पुरुषतर्फ कृश विक्रम पहिलो, जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भए । जुनियर महिलातर्फ युनिका बिके विजेता, आयुष्मा रोका दोस्रो र सुइसान्मी रोका तेस्रो बने । उनीहरुले पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाए ।

युवा जमातकाबीच लोकप्रिय खेल स्केटिङको विकास, प्रवर्द्धन तथा व्यावसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिता आवश्यक रहेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : २५ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव