केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली « Khabarhub

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओली डेढ घण्टापछि बैठक स्थलमा पुगेका छन् ।

बिहान ९ बजेका लागि बोलाएको बैठक स्थल भृकुटीमण्डप ओली पौने ११ बजे आइपुगेका हुन् । केन्द्रीय सदस्यलाई केही समय बैठक ढिला सुरु हुने जानकारी गराएर ओली गुण्डु छलफलमा व्यस्त भएका थिए । ओली गुन्डुमा व्यस्त हुँदा केन्द्रीय सदस्य कुरेको कुरै भएका हुन् ।

अध्यक्ष ओलीले ९ बजे भनिएको बैठक ९ः३०का लागि सारिएको थियो । सबै पदाधिकारी र केन्द्रीय सदस्य बन्दसत्र गर्ने भनिएको हलमा ओलीलाई पर्खिएर बसेका थिए ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा चार पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव जाने तयारी गरेका छन्। प्रस्तावअनुसार चितवनमा भएको १० औँ महाधिवेशनमा जस्तो पदाधिकारी संख्या १९ हुनेछ ।

ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव गर्ने सम्भावना छ। उता २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लाने तयारी गरेका छन् ।

केन्द्रीय कमिटीमा ओलीको बहुमत भएकोले यो प्रस्ताव पारित हुनसक्छ । यसअघि शुक्रबारको सचिवालय बैठकमा ओलीको प्रस्ताव फेल भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : ४६ बजे

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा