बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट « Khabarhub

बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा प्रवाहमा गिरावट आएको छ । 

केन्द्रीय बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा वृद्धि भएको र क्षेत्रगत कर्जा अन्तर्गत विपन्न कर्जामा गिरावट आएको देखाएको छ ।

कर्जा र निक्षेपमा संकुचन

वित्तीय बजारमा लगानीको मागमा कमी आएको संकेत केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

कर्जा तथा अग्रिम भुक्तानीतर्फ असोज महिनाको तुलनामा कात्तिकमा ०.५१ प्रतिशतले घटेको छ। कात्तिक मसान्तसम्म कुल कर्जा ५६ खर्ब ४३ अर्ब ५६ करोड ३० लाख रुपैयाँ पुगेको हो ।

समीक्षा महिनामा कुल निक्षेपमा पनि सामान्य गिरावट आएको छ। असोजको तुलनामा कात्तिकमा निक्षेप ०.०२ प्रतिशतले निक्षेप घटेर ७५ खर्ब २० अर्ब २४ करोड ९० लाख रुपैयाँ पुगेको छ । तथ्याङ्क अनुसार कुल कर्जा र कुल निक्षेप अनुपात ७५.०७ प्रतिशत रहेको छ।

बैंकिङ क्षेत्रको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) समग्रमा ७४.२८ प्रतिशत रहेको छ। वर्गगत रूपमा वाणिज्य बैंकको सीडी अनुपात ७३.३४ प्रतिशत, विकास बैंकको ८४.१८ प्रतिशत र वित्त कम्पनीको ७६.५२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

निष्क्रिय कर्जा बढ्यो

बैंकिङ प्रणालीमा निष्क्रिय कर्जाको अनुपात वृद्धि भएर ५.२६ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार कात्तिक महिनासम्म वाणिज्य बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात ५।०३ प्रतिशत रहेको छ।

त्यस्तै, सो अवधिमा विकास बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात ६.०३ र फाइनान्स  कम्पनीहरूमा निष्क्रिय कर्जाको अवस्था सबैभन्दा खराब अर्थात् १२.५२ प्रतिशत पुगेको छ।

फाइनान्स, बिमा र घरजग्गा क्षेत्रमा संकुचन, विपन्नवर्ग कर्जामा गिरावट

क्षेत्रगत रूपमा कर्जा प्रवाहलाई हेर्दा कात्तिक महिनामा सबैभन्दा ठूलो संकुचन वित्त, बीमा र घरजग्गा क्षेत्रमा देखिएको छ । ती क्षेत्रमा कर्जा ३.१६ प्रतिशतले घटेको छ । 

यसैगरी, यातायात, सञ्चार र सार्वजनिक उपयोगिता क्षेत्रमा कर्जा १.२० प्रतिशतले र तथा थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा १.०४ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ ।

तर, समीक्षा महिनामा खानी क्षेत्रमा १.६० प्रतिशत, विद्युत्, ग्यास र पानी क्षेत्रमा ०.४० प्रतिशत र निर्माण क्षेत्रमा ०.३७ प्रतिशतले सामान्य वृद्धि भएको छ।

उत्पादनको प्रकारका आधारमा कर्जाको परिवर्तन विश्लेषण गर्दा विपन्न वर्ग कर्जामा सबैभन्दा ठूलो गिरावट ६।२२ प्रतिशतले आएको देखिन्छ । जुन समग्र कर्जा वर्गीकरणमा सबैभन्दा ठूलो ऋणात्मक परिवर्तन हो।

यद्यपी समीक्षा महनिामा बिल पर्चेज कर्जामा ५.८२ प्रतिशत, ट्रस्ट रिसिप्ट लोन र इम्पोर्ट लोनमा पनि २.४५ प्रतिशतले वृद्धि भएको छ । 

जसले आयात व्यापारसँग सम्बन्धित वित्तीय गतिविधि वृद्धि भएको संकेत गरेको छ । 

भन्सार विभागको तथ्यांकले पनि असोज महिनाको तुलनमा कात्तिक महिनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको तथ्यांक देखाएको थियो ।

उत्पादन क्षेत्रको अन्य प्रमुख कर्जा मध्ये ओभरड्राफ्ट कर्जामा १.६५ प्रतिशत, नगद कर्जामा १.२७ प्रतिशतले कमि आएको तथ्यांकले देखाएको छ ।

साथै, सो अवधिमा सुनचाँदी धितोमा प्रवाह भएको कर्जामा ४.७४ प्रतिशतले वृद्धि भएको छ भने अग्नेस्ट ग्यारेन्टी अन्तर्गतको कर्जामा ८.५७ प्रतिशतले कमी आएको छ। विशेषगरी, अन्तर्राष्ट्रिय मान्यताप्राप्त विदेशी बैंकको ग्यारेन्टी अन्तर्गतको कर्जा प्रवाह पनि कात्तिकमा ५४.५९ प्रतिशतले घटेको छ। 

त्यस्तै, फिक्स डिपोजिट धितोमा हुने कर्जा प्रवाहमा पनि समीक्षा अवधिमा १.७४ प्रतिशतले कमी आएको छ ।
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : १४ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या