पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो « Khabarhub

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गुल्मी– लामो समयको प्रतीक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकलाई सहजता पुगेको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी भेगको छल्दीदेखि फूलबारीसम्म चार वटा पक्की पुल निर्माण भएका छन् । 
   
पक्की पुल बनेपछि त्यस क्षेत्रका हजारौँ मानिस र सयौँ सवारीसाधनलाई खोला तरेर जोखिम पूर्ण यात्रा गर्ने बाध्यता टरेको छ । 

पक्की पुल निर्माणका लागि राजनीतिक दलका नेताहरूको लामो प्रयासपछि पुल निर्माणको कामले सार्थकता पाएको स्थानीय सुरेन्द्र पाण्डेयले बताए । 
     
जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने खोलामा चार वटा पक्की पुल एकैपटक निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक यतिबेला निकै खुसी बनेका छन् । 

चाडबाडका समयमा घरमा आउँदा सधैँ खोला तरेर यात्रा गर्नुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकलाई पुल बनेपछि निकै सहज भएको स्थानीय मनबहादुर मुखियाले बताए ।
     
उक्त क्षेत्रमा लामो समयको प्रयासपछि एकैपटक चार वटा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका हुन् । 

सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चार वटा रहेका छन् । निर्माण सम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल तीन करोड १३ लाख ८४ हजार रुपैयाँमा निर्माण सम्पन्न मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाले गरेको थियो । 
     
त्यसैगरी, सुनील समीर निर्माण सेवाद्वारा हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार रुपैयाँ र धनार्जी खोला पुल सात करोड ४८ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको इन्जिनियर पौडेलले बताए । 

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षाको समयमा त्यस क्षेत्रका मानिसले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए । 
   
पुल नहुँदा वर्षौँदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षाको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचमा अड्किने र कतिपय सवारीसाधन बाढीले बगाउनेजस्ता समस्या थियो । त्यसका कारण यात्रुलाई वर्षौँदेखि खोला वारिपारि गर्न कठिनाइ हुने गरेको थियो ।  

अहिले त्यस क्षेत्रमा चार वटा पक्की पुल एकैचोटी निर्माण सम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा‐१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए । 

उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार वटा स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 

‘पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो । अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ’, गिरीले भने । 

तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी, सिमलटारीलगायत स्थानमा व्यापारिक चहलपहलसमेत बढ्न थालेको छ । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ४० बजे

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउँछौँ : मन्त्री घिसिङ

कास्की– भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर