सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो « Khabarhub

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथिको प्रहार गरेको बताएका छन् ।  

संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालय आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले जेन-जी आन्दोलनका क्रममा भाद्र २४ गते संसद् भवनमा आक्रमण गरी ध्वस्त पार्ने काम भएको र भाद्र २७ गते संसद्लाई नै विघटन गर्नुको सोझो सान्दर्भिकता नरहेको भन्दै संसदीय व्यवस्थामाथिको प्रहार भएको बताए ।

पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृश्य बन्देज लगाउने प्रयास गरिहरेको उनले बताए ।

सभामुख घिमिरेले संसद् सरकारको अधीनमा रहने कुनै एउटा शाखा नभएको भन्दै स्वायत्त व्यवस्थापिकामाथि आँच आउने कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत समेत गराए । उनले संसद् कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए राज्यले असफल हुने बताए । 

संसद् विघटनको मुद्दामा अदालतले समयमा नै न्याय निरूपण गर्ने उनको विश्वास छ । 

उनले राजनीतिक उतारचढावकाबीच संसद् सचिवालयका कर्मचारीहरूले निष्पक्ष रुपमा आफ्नो पेसागत धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : १४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ