साफ क्लब महिला च्याम्पियनसिप : एपिएफले हरायो कराँची सिटीलाई « Khabarhub

साफ क्लब महिला च्याम्पियनसिप : एपिएफले हरायो कराँची सिटीलाई


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफ फुटबल क्लब काठमाडौंमा जारी साफ क्लब महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ फुटबल क्लब फाइनल नजिक पुगेको हो । 

एपीएफका लागि एक मात्रै निर्णायक गोल रश्मिकुमारी घिसिङले खेलको ५२ औंं मिनेटमा गरेकी थिइन् ।

च्याम्पियनसिपमा एपीएफको यो दोस्रो जित हो । जितसँगै एपीएफले ३ खेलबाट ७ अंक पुर्‍याएको छ । 

लगातार दुई हार बेहोरको कराँची भने उपाधि होडबाट बाहिरिएको छ । एपीएफले अब लिग चरणमा भारतको इस्ट बंगला एफसीसँग अन्तिम खेल खेल्नेछ ।

पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी छन् ।

च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ५४ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण