‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’ « Khabarhub

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा ठूल्दाइका उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन् । 

हालै यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल प्राकृतिक, धार्मिक र सम्पदाका दृष्टिले सम्भावना बोकेको मुलुक भएकाले सरोकार भएका निकायले चलचित्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

अभिनेता श्रेष्ठले पाकिस्तानी चलचित्रमा काम गर्दाको समयलाई स्मरण गर्दै नेपाली चलचित्र उद्योगले चलचित्र पर्यटनका क्षेत्रमा पाकिस्तानीले अवलम्बन गरेका कदमहरूबाट सिक्नुपर्ने धारणा राखे । 

‘पाकिस्तानी चलचित्रमा अभिनय गर्न क्रममा बढी समय उतै बित्न थालेपछि नेपालको कानुनअनुसार यहाँ चलचित्र छायाङ्कन गर्नुपर्नेमा जोड दिएँ, तर त्यस्तो केही नियम वा कानुन थिएन । पछि ११ वटा विदेशी चलचित्र नेपालमा छायाङ्कन भए । यसले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ’, उनले भने । 

शिक्षाले जीवनका हरेक पक्षलाई सफल बनाउने बताउँदै अभिनेता श्रेष्ठले आफ्नो बाल्यकाल र अध्ययनका पाटालाई स्मरण गरे । ‘मैले शिक्षालाई महत्त्व नदिएर धेरै विद्यालय छाडेँ । अहिले लाग्छ पढाइलाई महत्त्व दिएको भए कलाकारितामा अझ प्रभावकारी काम र नतिजा दिन सक्ने थिएँ । हामीले शिक्षालाई बीचमा छोडेर भविष्य र पेसाको पछि लाग्नु’, उनले भने ।
 
उक्त कार्यक्रममा अभिनेता दीपकराज गिरीले आफ्नो कलाकारितालाई लेखनशैलीले मद्दत गरेको बताए । अभिनयसँगै पात्र निर्माण गर्न सक्नु र उक्त पात्रले बोल्ने संवादमा आफ्नो दक्षता प्रस्तुत गर्न सक्ने भएकाले पात्र प्राकृतिक लाग्ने प्रतिक्रिया पाउने गरेका उनको अनुभव छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २६ बजे

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय