पूर्वअध्यक्ष रेग्मीद्वारा पूर्वप्रशासक सिंहको नियात्रा सङ्ग्रह लोकार्पण « Khabarhub

पूर्वअध्यक्ष रेग्मीद्वारा पूर्वप्रशासक सिंहको नियात्रा सङ्ग्रह लोकार्पण


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा सङ्ग्रहको लोकार्पण गरेका छन् ।

लेखनकुञ्ज ‘घोष्ट राइटिङ’द्वारा प्रकाशित उक्त पुस्तकमा ८३ वर्षीय लेखक सिंहले आफ्नो जीवनको विभिन्न कालखण्डमा गरेको यात्राको वर्णनलाई कलात्मक एवं रोमाञ्चक ढङ्गबाट प्रस्तुत गरेको बताइएको छ ।  

नेपालका विभिन्न भागसहित भारत, हङकङ, पाकिस्तान, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, अफ्रिकी मुलुक केनियालगायत बाह्य देशमा भ्रमण गर्दाको अनुभवलाई पुस्तकमा समावेश गरिएको प्रकाशक पक्षले जनाएको छ ।

भारतको विहारमा स्कुल अध्ययन गर्दाको, उच्च शिक्षा अध्ययनसहित ३० वर्षको सरकारी सेवामा रहँदाको र सेवा निवृत्त भएपछिको दिनमा सम्हालेका अनुभवलाई समेटेर नियात्रा कृति तयार गरेको पूर्व प्रशासक सिंहले जानकारी दिए  ।

पुस्तक लोकार्पण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले छ वर्षअघि पूर्व प्रशासक सिंहको पुस्तक लोकार्पण गरेको स्मरण गर्दै ८४ वर्ष पुग्नै लागेका पूर्व प्रशासक सिंहले लगातार चार वटा कृति प्रकाशन गरी आफूलाई सक्रिय लेखकका रुपमा चिनाउन सफलभएको बताए ।

सो अवसरमा नेपाल सरकारका पूर्वसचिव शम्भु कोइराला, रसियाका लागि पूर्वनेपाली राजदूत भीम उदास, नियात्रा समाजका उपाध्यक्ष इल्या भट्टराई, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाललगायत वक्ताले लेखन कलालाई उमेरले छेक्न नसक्ने धारणा व्यक्त गर्दै पूर्व प्रशासक सिंहको अनुभवसहित समग्र पक्ष समेटिएको नियात्रा सङ्ग्रह पठनीय कृति बताए  ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २३ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ