अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य « Khabarhub

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ५३औँ स्थापना दिवस तथा १४औँ हस्तकला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको रहेको बताए ।

उद्योगमन्त्री सिन्हाले भने, “नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकला क्षेत्रको आफ्नो विशिष्ट पहिचान रहेकाले यसको विकासमा सरकारले निरन्तर सहयोग रहन्छ ।” मन्त्री सिन्हाले हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः हल गर्दे लैजाने उल्लेख गरे ।

बागमती प्रदेशका उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले बागमती प्रदेश सरकार हस्तकला क्षेत्रको विकासका लागि निरन्तर लाग्ने विश्वास व्यक्त गरिन् । उनले देशभरको ८० प्रतिशत हस्तकला बागमती प्रदेशभित्र भएको जनाउँदै बागमती प्रदेशले आगामी वर्ष हस्तकला दिवस घोषणा गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले राष्ट्रको पहिचान भनेको कला, संस्कृति भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सबै लाग्नुपर्ने बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै लाग्नुपर्ने उल्लेख गरे । उनले शिक्षालाई जागिरभन्दा रोजगारमूलक र व्यावसायिकमूलक बनाउँदै अगाडि बढाउनुपर्ने बताए ।

राष्ट्रिय हस्तकला विकास नीति ल्याउनका लागि सरकारले पहल थाल्नुपर्ने उनको भनाइ थियो । महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले मौलिक र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महासङ्घले निरन्तर काम गर्दै आइरहेको बताए । अध्यक्ष शाक्यले वार्षिक २५ देखि ३० अर्बको हस्तकला निर्यात हुँदै आएको वर्तमान अवस्थामा सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताए । उनले हस्तकला क्षेत्रको विकासका लागि सरकारीस्तरबाट हस्तकला क्षेत्र हेर्नका लागि छुट्टै विभाग स्थापना गर्न आग्रह गरे ।

सो अवसरमा हस्तकला क्षेत्रमा महत्वपूर्ण योगदान दिने ७२ वर्ष उमेरभन्दा माथिका अग्रज कलाकारलाई सम्मान गरिएको थियो । हस्तकला धेरै निर्यात गर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गरिएको थियो । ५३ वर्ष पहिले स्थापना भएको उक्त महासङ्घमा हाल चार हजार ५०० व्यवसायी तथा कालिगढ आबद्ध रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : ०७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट