बोन्डी बिच गोलीकाण्डमा मारिनेको सङ्ख्या १२ पुग्यो « Khabarhub

बोन्डी बिच गोलीकाण्डमा मारिनेको सङ्ख्या १२ पुग्यो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा भएको गोलीकाण्डमा १२ जना मारिएका छन् । अस्ट्रेलियन प्रहरीले गोलीकाण्डमा १२ जनाको ज्यान गएको जानकारी दिएको हो । मारिनेमा एक जना बन्दुकधारी पनि छन् ।

न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा अर्का एक जनालाई नियन्त्रणमा लिइएको छ ।

आक्रमणकारीले सिड्नी शहरमा बसोबास गर्ने यहूदी धर्मावलम्बीलाई निशाना बनाएको जनाइएको छ । अधिकारीहरुले घटनालाई ‘आतङ्ककारी आक्रमण’ को संज्ञा दिएका छन् ।

यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए। ‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ ।

अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताएका छन् ।

“अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,” फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलेलाई उद्धृत गरी लेखेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ०१ बजे

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले

खाडी जान लागेका कामदारहरू भन्छन्, साथीहरूले नआऊ भन्छन्, नजाऊ जागिर खोसिने डर छ

काठमाडौं– छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले