कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद « Khabarhub

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा कटान गरिएको १२८ क्यू फिट काठ बरामद गरिएको छ ।

डिभिजन वन कार्यालय धनगढीबाट खटिएको टोलीले आज चुरे पहाडी क्षेत्रको उक्त वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त काठ बरामद गरेको हो । कार्यालय प्रमुख रामविचारी ठाकुरले भने, “चुरे क्षेत्रमा व्यापक रुपमा काठको चोरी तस्करी भइरहेको सूचना पाएपछि गस्ती टोलीले सालको काठ बरामद गरेको हो ।”

जङ्गलभित्र हातेआरा प्रयोग गरी चिरान गरेर तस्करले सिस्नु र बाँसको झाङमा लुकाएको अवस्थामा उक्त काठ बरामद गरिएको हो । काठ तस्करीमा संलग्न व्यक्तिको खोजतलास भइरहेको वन अधिकृत ठाकुरले बताए ।

सबैभन्दा बढी वन क्षेत्र रहेको कैलाली जिल्लामा पछिल्ला वर्षमा वन फडानी र तस्करी बढ्दै गए पनि रोकथामको प्रभावकारी पहल नभएको जनगुनासो छ । खासगरी जिल्लाका विभिन्न सडक क्षेत्र आसपासमा रहेको वन क्षेत्र फडानी गरेर वस्ती बस्ने गरेको छ ।

स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएका जिल्लाका अधिकांश सामुदायिक वनको संरक्षण, सम्वर्द्धन एवं व्यवस्थापनको काम भने नमूनाको रुपमा रहेको छ । यसैबीच प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मान्त्रालयले वन पैदावार बिक्री वितरण लगाइएको प्रतिबन्ध आज फुकुवा गरिएको जनाएको छ ।

वन पैदावार बिक्री वितरमण प्रतिबन्ध लगाउँदा जिल्लाका सामुदायिकलगायत वनमा सङ्कलन गरी घाटगद्दी गरिएको ठूलो परिमाणको काठ कुहिने अवस्थामा पुगेको थियो । विभिन्न सामुदायिक वनका उपभोक्ता समितिले सरकारले वनपैदावार बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ५२ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी