युनेस्कोले दीपावलीलाई सांस्कृतिक सम्पदाको मान्यता दिएपछि भारत खुशी « Khabarhub

युनेस्कोले दीपावलीलाई सांस्कृतिक सम्पदाको मान्यता दिएपछि भारत खुशी


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले हिन्दू धर्मावलम्बीले मनाउने दिपावली पर्वलाई अदृश्य साँस्कृतिक सम्पदाको मान्यता दिएको छ । यसबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले खुशी व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रवक्ता जयसवालले प्रकाशको पर्व, दुष्ट शक्तिविरुद्ध असल शक्तिको जीतको प्रतिक र अयोध्या अधिराज्यमा भगवान् रामको पुनरागमनको प्रतीक दीपावलीलाई युनेस्कोले अदृश्य साँस्कृतिक सम्पदाको मान्यता दिएकोमा खुशी व्यक्त गरेका हुन् ।

युनेस्कोले विभिन्न समुदायले साँस्कृतिक पहिचानका रुपमा मान्ने साँस्कृतिक अभ्यास, ज्ञान, अभिव्यक्ति, वस्तु र क्षेत्रलाई अदृश्य सम्पदाको मान्यता दिने गरेको छ ।

पुस्तान्तरण हुँदै आउने यस्तो साँस्कृतिक सम्पदाले साँस्कृतिक पहिचान र विविधतालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : १४ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी