इटाली भारतको निकटस्थ साझेदार हो : विदेशमन्त्री जयशङ्कर « Khabarhub

इटाली भारतको निकटस्थ साझेदार हो : विदेशमन्त्री जयशङ्कर


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशङ्करले इटाली इटाली भारतको सबैभन्दा नजिकमध्येको साझेदार रहेको बताएका छन् । इटालीका उपप्रधान तथा विदेशमन्त्री एन्टोनियो टाजानीसँगको भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले यस्तो बताएका हुन् ।

भेटवार्ताका क्रममा दुबै मुलुकले आतंकवादका लागि आर्थिक सहायताविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे । नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा विदेशमन्त्री जयशङ्करले गत महिना राजधानीमा भएको आतंककारी आक्रमणविरुद्ध समर्थन गरेकोमा इटालीलाई धन्यवाद पनि दिए ।

उनले दुबै मुलुकले सुरक्षा सहकार्यलाई सुदृढ गरिरहेको चर्चा गर्दै फाइनान्सियल एक्सन टास्क फोर्समा दुबै मुलुकले साझेदारी गर्ने जनाए । हालै दक्षिण अफ्रिकाको जोहन्नेसवर्गमा आयोजित जी २० को शिखर सम्मेलनमा दुबै मुलुकका प्रधानमन्त्रीबीच भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै जयशङ्करले दुई देशबीच मात्रै नभइ दुई देशको नेतृत्वबीच पनि न्यानो व्यक्तिगत सम्बन्ध रहेको स्मरण गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : १५ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी