इन्जुरी समयको गोलले चेल्सीलाई एक अङ्क | Khabarhub Khabarhub

इन्जुरी समयको गोलले चेल्सीलाई एक अङ्क


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चोटबाट फर्किएर मैदानमा उत्रेका कप्तान रिस जेम्सले इन्जुरी समयको पाँचौँ मिनेटमा बराबरी गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा बोर्नमाउथसँग २-२ गोलको बराबरी गरेको छ।

विपक्षी गोलरक्षक मार्क ट्रेभर्सको गल्तीको फाइदा उठाउँदै १३ औँ मिनेटमा कोल पालमरले चेल्सीलाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा जस्टिन क्लुभर्टले पेनाल्टीलाई उपयोग गर्दै गोल गरे। ६८ औँ मिनेटमा सिमेन्याओको गोलमा भ्रमणकारी बोर्नमाउथले अग्रता लिएको थियो।

प्रिमियरसिपको अर्को खेलमा वेस्टहामले फलुहामलाई ३-२ ले हरायो। तालिकामा लिभरपुल २० खेलमा ४७ अङ्कसहित पहिलो स्थानमा छ। २१ खेलमा फरेस्टको ४१ तथा २० खेल मात्र खेलेको आर्सनलको ४० अङ्क छ। चेल्सी २१ खेलमा ३७ अङ्कसहित चौथो स्थानमा छ।

२० खेलमा न्यु क्याशलको ३५ अङ्क छ भने २१ खेलमा सिटीको पनि ३५ अङ्क छ। २१ खेलमा बोर्नमाउथको ३४ अङ्क छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : १३ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क