फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश | Khabarhub Khabarhub

फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षेनी रोजीरोटी र सुरक्षित जीवनको खोजीमा लाखौँ नेपालीले देश छाड्दै आएका छन् । रोजीरोटीका लागि देश छाड्नेहरू सिमित अवधिमा फर्केर आएपनि लाखौं नेपालीले भने अहिलेसम्म सधैँका लागि देश छाड्ने गरेका छन् ।

अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा ६६ हजार ८३५ जना नेपालीले सधैँका लागि देश छाडेका छन् । जसमध्ये ३४ हजार ५४४ जना महिला छन् भने ३२ हजार २८७ जना पुरुष रहेका छन् । महिला र पुरुषको झण्डै बराबरीको संख्या हेर्दा धेरै परिवारले नै देश छाडेको हुनसक्ने देखिन्छ ।

सोही अवधिमा १ लाख ८२७ जना नेपालीले अस्थायी रूपमा देश छाडेको विभागको तथ्यांकले देखाएको छ । जसमा ५६ हजार २८१ जना पुरुष र ४४ हजार ५३६ जना महिला रहेका छन् । परिवार भेटघाटको लागि पनि सन् २०२४ मा १ लाख ३१ हजार ७९६ जना नेपाली विदेश गएका थिए ।

विभागकै तयांकअनुसार सन् २०२३ मा ७० हजार ९४८ जना नेपालीले विभिन्न देशमा स्थायी बसोबास अनुमति लिएका थिए । त्यस्तै, सोही अवधिमा ९२ हजार ३४९ जना नेपालीले विभिन्न देशमा अस्थायी बसोबास अनुमति प्राप्त गरेका थिए ।

पढ्न, उपचार, व्यवसाय, भ्रमण लगायतका विभिन्न उद्देश्यले सन् २०२४ मा लाखौँ नेपाली विदेश गएको विभागको तथ्यांकले देखाएको छ । जसमा २० हजार १०१ जना नेपाली विदेशमा व्यवसाय गर्ने उद्देश्यले भिसा लिएको देखिन्छ ।

पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर प्रचार भइरहँदा कतै हजारौँ नेपालीमार्फत् स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ । तर, देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : २० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग