६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक « Khabarhub

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो । 

बामपन्थी झुकाव राख्ने संघीय संसद्‍भित्र र संसद् बाहिरका चार दल सहभागी समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन बैठक राखेका हुन् ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत उपस्थित छन् ।

मंगलबार बसेको चार दल आवद्ध समाजवादी मोर्चाको कार्यदलले विभिन्न कार्यक्रम गर्ने निर्क्योल निकालेको थियो । जसलाई यो बैठकले अनुमोदन गर्ने तयारी छ।
 


माओवादी अध्यक्ष प्रचण्ड गत असार ३० गते सत्ताच्युत भएयता दोस्रो पटक मोर्चाको बैठक बस्न लागेको हो । यसअघि साउन १ गते मोर्चाको बैठक बसेको थियो ।

एकीकृत समाजवादी र माओवादीका पूर्वघटकसँग एकता प्रयास असफल भएपछि प्रचण्ड फेरि समाजवादी मोर्चामै फर्किएका हुन् ।

तीन दिनअघि सिंहदरबारमा बसेको प्रचण्ड र माधव नेपालबीचको बैठकले मोर्चालाई ब्यूँताएर अघि बढ्ने निष्कर्ष निकालेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर जनस्तर र नेपाली कांग्रेसमा पनि असन्तुष्टि बढेका बेला प्रचण्डले समाजवादी मोर्चा सक्रिय गराएर विकल्पको खोजी थाल्ने रणनीति बनाएका हुन् ।

यसअघि यो मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि थियो। तर, गत जेठमा पार्टी फुटाइदिएपछि त्यसको दोष प्रचण्डलाई लगाएर यादव बाहिरिएका थिए । पछिल्लो पटक प्रचण्ड र नेपालले यादवलाई पनि मोर्चामा ल्याउने गरी छलफल गरेका थिए । तर यादवले तत्कालै मोर्चामा नआउने बताइरहेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपा मिलेर २०८० असार ४ गते समाजवादी मोर्चा गठन गरेका थिए ।

मोर्चाको पछिल्लो बैठक प्रचण्ड सत्ताच्यूत भएपछि गत साउन १ गते बसेको थियो । प्रचण्ड १८ महिनासम्म सत्तामा रहुन्जेले निष्क्रिय रहेको यो मोर्चालाई फेरि ब्यूँत्याउने कोसिस गरिएको हो ।

साउन १ गतेयता मोर्चाको बैठक बस्न सकेको थिएन । तर कार्यदलको बैठक भने चलिरहेको थियो । नेकपा माओवादी केन्द्रको अलमलले मोर्चा निष्क्रिय भएको थियो । तर ६ महिना लामो अन्तरालपछि मोर्चालाई सक्रिय बनाउने कोसिसमा प्रचण्ड जुटेका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : ५० बजे

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई