बङ्गलादेशका अन्तरिम नेता युनुसद्वारा ‘चोरी भएको’ अर्बौंको सम्पत्ति फिर्ता गर्न माग | Khabarhub Khabarhub

बङ्गलादेशका अन्तरिम नेता युनुसद्वारा ‘चोरी भएको’ अर्बौंको सम्पत्ति फिर्ता गर्न माग


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले गत वर्ष क्रान्तिबाट अपदस्थ शेख हसिनाको अपदस्थ सरकारको पालामा भएको भ्रष्टाचारको परिमाणको निन्दा गर्दै ‘चोरी भएको’ सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । 

सन् २०२४ को अगष्टमा भएको क्रान्तिबाट भागेर छिमेकी मुलुक भारत पुगेकी ७७ वर्षीया हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेकी छन् । 

युनुसले भने, ‘अर्बौं डलरको सार्वजनिक कोष चोरीका कारण बङ्गलादेशले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ । चोरी भएको रकम त्यहाँका जनताको हो । न्याय सुनिश्चित गर्न हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्नेछौँ ।’

युनुसले आफूले ‘सम्पत्ति फिर्ता हुने’ अपेक्षा गरेको बताउँदै चोरी भएको रकमलाई देश र जनताको लुटिएको सम्पत्ति हो भनेका छन् । उनले यो बङ्गलादेशका जनतालाई लुटेको मात्र नभई आर्थिक स्थायित्वतर्फको देशको प्रगतिमा धोखा भएको बताए । 

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसिसी) ले हसिना र उनकी भतिजी, बेलायती सांसद तथा भ्रष्टाचार विरोधी मन्त्री ट्युलिप सिद्दिकसहित उनका परिवारका सदस्यमाथि अनुसन्धान गरिरहेको छ ।

सिद्दिकले मङ्गलबार आफ्नो पदबाट राजीनामा दिए पनि आफूले केही गलत नगरेको भन्दै आफूविरूद्धको आरोपको खण्डन गरेका थिए । 

एसीसीले हसिनाको परिवारमाथि गरेको अनुसन्धान रूसको आर्थिक सहयोगमा सञ्चालित आणविक ऊर्जा प्लान्टसँग जोडिएको पाँच अर्ब अमेरिकी डलरको अनियमितता र राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटको कथित जग्गा हडप्नेसँग योजनासँग जोडिएको छ ।

ब्रिटिस सन्डे टाइम्सको अनुसन्धानले सिद्दिकले दुई बङ्गलादेशी व्यवसायीसँग जोडिएको अफशोर कम्पनीले किनेको लण्डनको फ्ल्याटमा वर्षौं बिताएको दाबीबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो ।

उक्त फ्ल्याट हसिना, उनको परिवार र उनको अपदस्थ सरकारसँग सम्बन्ध भएका एक बङ्गलादेशी वकिललाई उपहारस्वरुप हस्तान्तरण गरिएको थियो ।

सिद्दीक र उनको परिवारलाई हसिनाको अवामी लिग पार्टीका सदस्य वा सहयोगीहरूले किनेको लण्डनका अन्य थुप्रै सम्पत्तिहरू दिइएको वा प्रयोग गरिएको पनि बताइएको छ ।

‘ट्युलिप सिद्दिकले लण्डनमा कमाएको पैसा र सम्पत्तिको स्रोत राम्ररी नखुलेको हुन सक्छ’, युनुसले भने, ‘तर, अब उनलाई थाहा छ, उहाँले बङ्गलादेशका जनतासँग माफी माग्नुपर्छ।’

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४९ बजे

म्याग्दीको गाजनेमा स्याउ उत्पादन सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले

पुटिनलाई स्वागत : अलास्कामा बी २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी– म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल