अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे « Khabarhub

अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका छन्।

‘मैले सहकारीपीडितको तर्फबाट अदालतमा बहस गरिरहेको छु’, त्रिपाठीले कुटाई खाएपछि सञ्चारकर्मीसँग भने, ‘ममाथि अदालत परिसरमै हातपात र कुटपिट भएको छ । कुटपिट गर्नेले मेरो झोलासमेत खोसेर लगेका छन् । ’

त्रिपाठीले सहकारीपीडितहरूको तर्फबाट बहस गरिरेका छन् । उनले अदालतमा बहस गरेर निस्किँदै गर्दाको समयमा रविका कार्यकर्ताको कुटाई खाएका हुन् ।

त्रिपाठीलाई कुटपिट गरेपछि रास्वपाका कार्यकर्ताहरूले अदालतबाहिर अश्लील शब्दसहित नाराबाजीसमेत गरेका छन् ।

लामिछानेको मुद्दालाई लिएर जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसमा थुनछेक बहस भइरहेको छ ।

यसअघि पनि अदालतले रविलाई हिरासतमा पठाएपछि उनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ५४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल