अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे « Khabarhub

अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका छन्।

‘मैले सहकारीपीडितको तर्फबाट अदालतमा बहस गरिरहेको छु’, त्रिपाठीले कुटाई खाएपछि सञ्चारकर्मीसँग भने, ‘ममाथि अदालत परिसरमै हातपात र कुटपिट भएको छ । कुटपिट गर्नेले मेरो झोलासमेत खोसेर लगेका छन् । ’

त्रिपाठीले सहकारीपीडितहरूको तर्फबाट बहस गरिरेका छन् । उनले अदालतमा बहस गरेर निस्किँदै गर्दाको समयमा रविका कार्यकर्ताको कुटाई खाएका हुन् ।

त्रिपाठीलाई कुटपिट गरेपछि रास्वपाका कार्यकर्ताहरूले अदालतबाहिर अश्लील शब्दसहित नाराबाजीसमेत गरेका छन् ।

लामिछानेको मुद्दालाई लिएर जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसमा थुनछेक बहस भइरहेको छ ।

यसअघि पनि अदालतले रविलाई हिरासतमा पठाएपछि उनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ५४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको