रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ) « Khabarhub

रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ)


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कसुरदार नभएको भन्न नमिल्ने निष्कर्ष काठमाडौं जिल्ला अदालतले निकालेको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिने क्रममा उनलाई कसुरदार होइनन् भन्न नसकिने निष्कर्ष निकालेका हुन् ।

न्यायाधीश अधिकारीले रवि कसुरदार होइनन् भन्ने अवस्था नरहेको टिप्पणीसहित थुनेछकका क्रममा ६० लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

उक्त आदेशमा लामिछानेले स्वर्णलक्ष्मी सहकारीको ऋण भुक्तान गरेको, गोरखा मिडिया प्रालिको खाताबाट एकल हस्ताक्षरमा विभिन्न मितिमा रकम भुक्तानी गरेको पनि देखिएको उल्लेख छ । त्यहीकारण रविलाई यस वारदातमा अहिले नै कसुरदार होइनन् भन्ने अवस्था नभएको अदालतले ठहर गरेको छ।

न्यायाधीश अधिकारीले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भएकाले अहिलेलाई धरौटी माग्ने आदेश भएर तारेखमा छाड्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : २४ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल