रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ) « Khabarhub

रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ)


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कसुरदार नभएको भन्न नमिल्ने निष्कर्ष काठमाडौं जिल्ला अदालतले निकालेको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिने क्रममा उनलाई कसुरदार होइनन् भन्न नसकिने निष्कर्ष निकालेका हुन् ।

न्यायाधीश अधिकारीले रवि कसुरदार होइनन् भन्ने अवस्था नरहेको टिप्पणीसहित थुनेछकका क्रममा ६० लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

उक्त आदेशमा लामिछानेले स्वर्णलक्ष्मी सहकारीको ऋण भुक्तान गरेको, गोरखा मिडिया प्रालिको खाताबाट एकल हस्ताक्षरमा विभिन्न मितिमा रकम भुक्तानी गरेको पनि देखिएको उल्लेख छ । त्यहीकारण रविलाई यस वारदातमा अहिले नै कसुरदार होइनन् भन्ने अवस्था नभएको अदालतले ठहर गरेको छ।

न्यायाधीश अधिकारीले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भएकाले अहिलेलाई धरौटी माग्ने आदेश भएर तारेखमा छाड्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : २४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र