राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो « Khabarhub

राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम् प्रतिनिधि सभा सदस्य अरुण चौधरीविरुद्धको रिट खारेज गरेको छ ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता वसन्त जोशीले दायर गरेको रिटमा को संवैधानिक इजलासले यस्तो निर्णय गरेको हो ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । उक्त मुद्दाको निर्णय सुनाउँदै इजलासले रिट खारेज गरिदिएको हो ।

संविधानको धारा ८७ ले संघीय संसद् सदस्य हुन आवश्यकने योग्यता निर्धारण गरेको छ। नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानूनले अयोग्य नभएको व्यक्तिमात्रै संसद् सदस्य हुन सक्छ । तर, राज्यमन्त्री चौधरी आगजानीमा संलग्न भएको मुद्दामा दोषी भएका थिए । उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

राज्यमन्त्री चौधरीविरुद्धको उक्त फैसला जिल्ला अदालतमै अन्तिम भएर बसेको थियो । संघीय सांसद भइसकेपछि उनलाई फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको थियो । तर सरकारले आममाफी दिएपछि उनी कारागार मुक्त भए ।

उनीसहित तीनजनाले कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टर जलाएका थिए । उक्त मुद्दामा दोषी ठहर चौधरीले गत २०७९ को निर्वाचनमा ढाँटेर मनोनयन दर्ता गराएको रिट निवेदकको दाबी थियो ।

सांसद चौधरीले मनोनयनका क्रममा कुनै अदालतले कैद तथा दण्डसजाय नतोकेको र भुक्तान गर्न पनि बाँकी नभएको उल्लेख गरेका थिए । उक्त रिट खारेजीसँग चौधरीको सांसद पद पनि सुरक्षित भएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : १३ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको