जम्मू कश्मीरमा जेड–मोर सुरुङको प्रधानमन्त्री मोदीले गरे उद्घाटन « Khabarhub

जम्मू कश्मीरमा जेड–मोर सुरुङको प्रधानमन्त्री मोदीले गरे उद्घाटन


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर – प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको सोनमर्ग क्षेत्रमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण ६.५ किलोमिटर लामो जेड–मोर सुरुङको उद्घाटन गरेका छन् । सोमबार उद्घाटन भएसँगै यसले पर्यटकीय गन्तव्यलाई वर्षभरि पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।

जेड–मोर सुरुङ निर्माणमा २ हजार ७ सय करोड रुपैयाँ लागत लागेको छ । सुरुङको उद्घाटन गरेपछि प्रधानमन्त्री मोदी उक्त सुरुङभित्र पसे र परियोजनाका अधिकारीहरूसँग अन्तरक्रिया गरे ।

उनले सुरुङ निर्माण सम्पन्न गर्न कठिन परिस्थितिमा सावधानीपूर्वक काम गर्ने निर्माणकर्मीहरूलाई पनि भेटे । उक्त उद्घाटनको क्रममा केन्द्रीय मन्त्री नितिन गडकरी, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाह पनि उपस्थित थिए ।

अधिकारीहरूका अनुसार मोदी बिहान १०स्४५ बजे श्रीनगर विमानस्थलमा अवतरण गरी सुरुङ उद्घाटन गर्न सोनमर्ग गएका थिए । उनले एक सार्वजनिक सभालाई पनि सम्बोधन गरेका थिए ।

गत वर्ष सेप्टेम्बर(अक्टोबरमा विधान सभा चुनाव सम्पन्न भएपछि यो उनको पहिलो जम्मू(कश्मीर भ्रमण हो ।

मध्य कश्मीरको गन्देरबल जिल्लाको गगनगीर र सोनमर्ग बीच निर्माण गरिएको ६।५ किलोमिटर लामो दुई लेनको सडक सुरुङमा आपत्कालीन अवस्थाका लागि समानान्तर ७।५ मिटर चौडा निकासी मार्ग पनि छ । यो सुरुङ दुईतर्फी यातायातको लागि हुनेछ।

समुद्री सतहबाट ८ हजार ६५० फिटको उचाइमा अवस्थित यो सुरुङले लेह हुँदै श्रीनगर र सोनमर्ग बीचको सबै मौसमी सम्पर्कलाई बढवा दिनेछ । पहिरो र हिम पहिरोको जोखिमपूर्ण मार्गहरूबाट यो बच्नेछ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ४५ बजे

बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला

रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहर बजारमा

‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापनलाई थप

कांग्रेसको समानुपातिक सूची : भीष्मराज, अर्जुननरसिंह, भीमसेनदासदेखि डा. चन्द्रमोहनसम्म

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा