चेल्सीविरुद्ध ब्रिङटनको शानदार जित : याकुवाले गरे दुई गोल « Khabarhub

चेल्सीविरुद्ध ब्रिङटनको शानदार जित : याकुवाले गरे दुई गोल


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शुक्रबार भएको खेलमा ब्रिङटनले चेल्सीलाई ३-० ले हराएको छ। खेलको २७ औँ मिनेटमा काउरो मिटोमाको शानदार गोलमा अग्रता लिएको ब्रिङटनले स्पष्ट जित निकालेको हो।

ब्रिङटनका लागि थप दुई गोल खेलको ३८ र ६३ औँ मिनेटमा याकुवा मिन्टेले गरे। योसँगै ३० मिनेटको खेल बाँकी हुँदै उसले स्पष्ट जित दर्ता गरेको थियो।

गएरातिको खेलको यो हारका बाबजुद चेल्सी ४३ अङ्कसहित चौथो स्थानमा यथावतै छ। चेल्सी भन्दा एक खेल कम खेलेका म्यानचेस्टर सिटी, बोर्न माउथ र न्यु क्यासलले शनिबार हुने खेलमा जित हात पारे चेल्सीलाईपछि छाड्न सक्ने छन्। ब्रिङटन ३७ अङ्कसहित आठौँ स्थानमा छ।

९ नोभेम्बर यता ब्रिङटनले घरेलु भूमिमा पहिलो पटक कुनै खेलमा जित हात पारेको हो। यस अघि नटिङघम फरेस्टसँग ब्रिङटन ७–० ले पराजित भइसकेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : २२ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले