कैदीबन्दीलाई ढाका बुनाइ तालिम « Khabarhub

कैदीबन्दीलाई ढाका बुनाइ तालिम


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– यहाँको कारागारमा रहेका कैदीबन्दीलाई आयआर्जनमा जोड्न ढाका कपडा बुनाइ तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीलाई सीप विकास गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउन ढाका कपडा बुनाइ सीप विकास तालिम सञ्चालन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा कैदीबन्दीलाई एक महिने तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताए। उहाँका अनुसार सीप सिकेर सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी अगाडि बढाउन सकिने भएकाले तालिम महत्त्वपूर्ण छ । सोहीअनुसार सीप आर्जन गर्न प्रमुख न्यौपानेले आग्रह गरे ।

कुनै पनि मानिसले कुनै प्रकारका सीप सिक्नु भनेको ज्ञान बढ्नु, सीप बढ्नु स्वरोजगार बन्नु र व्यक्ति विशेष मात्र नभई राज्यका लागि फाइदाजनक हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। 

सीपले आत्मबल बढाउने र आर्थिक आयआर्जन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। 

सो कारागारमा अहिले ९६ जना कैदीबन्दी छन् । त्यसमध्ये पुरुष ९० र महिला छ रहेको कारागार प्रशासन प्रमुख पोमकला भण्डारीले बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : ५२ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि