पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी : प्रवक्ता महत « Khabarhub

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी : प्रवक्ता महत


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई केन्द्र विन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताएका हुन्।

उनले भने, ‘पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।’

व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए।

अर्को प्रसङ्गमा पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको उनले बताए।

 उनले भने, ‘पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ ।’ विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।

सरकारले ल्याएको अध्यादेश पास गर्ने विषयमा विपक्षी दलहरूसँग छलफल भइरहेको उनले बताए।

उनले भने, ‘पाँच वटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेयकबाट पास हुन्छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १ : २२ बजे

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं– सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको

एनपीएल सिजन २ : यस्तो रह्यो ८ कप्तानको प्रदर्शन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा सबै ८

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा

च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै

भोजपुर– पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर