नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड « Khabarhub

नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शनिबार आयोजित कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा उनले प्रदेश सरकार जनताको सेवाका क्षेत्रमा दत्तचित्त भएर लाग्नुपर्छ भने। साथै उनले प्रदेशको विकास– निर्माण र शान्ति सुरक्षाका निम्ति पनि चनाखो हुन जरुरी भएको बताए । 

प्रदेश प्रमुख खापुङले भने, ‘सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन बनिरहेका तथा  प्रदेश सरकारले आफ्नो  कर्तव्य इमानदारीपूर्वक निर्वाह गरिरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छोटो समयमा प्रदेश सरकारले महत्त्वपूर्ण काम गरेको छ ।’

उनले सात वर्षमा भएका विकास–निर्माणका कामलाई समेटेर प्रदेश सरकारले प्रकाशन गरेको पुस्तक पनि सार्वजनिक गरे।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानव संशाधन विकासमा पनि लागेको बताए। उनले भने, “सरकार पुँजी निर्माणसँगै गरिबी घटाउने प्रयासमा छ ।” 

पुँजी निर्माणका निम्ति आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गरिने उनको कथन थियो । 

मुख्यमन्त्री कार्कीले आगामी एक महिनाभित्र प्रदेश आन्तरिक राजस्व कार्यालय स्थापना गर्न सरकारले नीतिगत आधार बनाएको जानकारी दिँदै प्रदेशका कर्मचारीको वृत्ति विकासमा सघाउन सरकार गम्भीर छ भने ।

सभामुख अम्बरबहादुर विष्टले विविधतायुक्त कोशी प्रदेशमा राजनीतिक स्थायित्व भएमा विकास गर्न असहज नहुने बताए। उनले सरकारलाई दिगो आम्दानीको खोज र औद्योगिक विकासका निम्ति लगानी गर्न सुझाव दिए।

मुख्यसचिव केदारनाथ शर्माले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : ३६ बजे

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५

झापामा दुर्घटनामा परेको जहाजमा थिए ५१ जना, सबै सकुशल

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको