अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो « Khabarhub

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

पोखरा– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । 

पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेललाई उप उपचारका लागि हेलिकप्टारमार्फत् काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।

थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ ।

घोषणा समारोहमा बेलुन पड्किँदा उनी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगै घाइते भएका थिए । घाइते आचार्यको अनुहारमा पनि आगोले पोलिएर घाउ भएको छ ।

प्रमुख अतिथिका रूपमा पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जनालाई चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : ४८ बजे

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५

झापामा दुर्घटनामा परेको जहाजमा थिए ५१ जना, सबै सकुशल

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको