सहमतिमै अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल « Khabarhub

सहमतिमै अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने दाबी गरेका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगायतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै सबै राजनीतिक दलकै सहमतिमा अध्यादेश पारित हुने दाबी गरेका हुन् । 

महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनैतिक दलको सहमति हुने जिकिर गरे । उनले अध्यादेशविरुद्ध रहेका असहमतिका विषयहरूलाई छलफल गरेर अघि बढ्ने बताए । त्यस्तै महासचिव पोखरेलले सबै राजनैतिक दलहरूको सहमतिमा नै संविधान संशोधन गरिने स्पष्ट पारे ।

फरक प्रसङ्गमा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपतिको सामाजिक सक्रियतालाई स्वाभाविक नै ठानेको र अहिले सम्म राजनैतिक सहभागिता बारे निर्णय नभएको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ३ : ११ बजे

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

वाशिङ्गटन डिसी – अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ ।

स्वास्थ्य बीमाले ओपीडी सेवा घटाउँदै, वर्षमा २५ हजारको मात्रै सुविधा पाइने 

काठमाडौं– स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी)

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी