चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू) « Khabarhub

उद्घाटन र घोषणा मोह

चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू)


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।

समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथी थिए – नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।

उद्‌घोषक मञ्चमा भट्याउँदै गर्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र भ्रमण वर्षकै लोगो अनावरण गर्न खोज्दै थिए ।

प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘स्पार्क मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो ।

उद्घोषक भन्दै थिए –

‘यो विज्ञान र प्रविधिको शताब्दी हो, अहिले एआई (कृत्रिम बौद्धिकता)ले धेरै फड्को मारिरहेको बेलामा हामी कम्तिमा प्रविधिमा जानुपर्छ । यहाँहरूले ठाउँठाउँबाट प्रज्वलन भएको देखिरहनुभएको छ । स्वीच अन भइसकेको छ, जोडदार ताली…त्यहाँ पानस माथि उठिराखेको छ र…बल्यो । ताली ताली…जोडदार तालीका साथ…पोखरा भ्रमण वर्षको हामी लोगो अनावरण गर्दैछौँ । यसलाई पनि स्वीच अन गरेर…यो यो…हामी…’

स्पार्क मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा ।

मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति-प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुको एक-एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ-बायाँ, अघि-पछि चारैतिर स्पार्क मेसिनले आगो ओकलिरहेको थियो ।

उद्घोषकको बोली एकाएक रोकियो । किनकी भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरद्वयले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन बिस्फोट भइसकेको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो ।

उद्घोषकले हौसिँदै भनिरहेको ‘विज्ञान र प्रविधिको शताब्दी’का मन्त्री र मेयरले सुरक्षा असावधानीयुक्त मञ्चमा उद्घाटन र घोषणा गर्न ठूलो दुर्घटना ब्यहोरे । आगोको लप्कामै परेर जलेको अनुहार लिएर उनीहरू मञ्चमा कुद्न थाले ।

आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्‍याए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइयो ।

पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुबै जनालाई काठमाडौं ल्याइयो ।

यतिखेर पौडेल र आचार्य दुबै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ । महानगर प्रमुख आचार्यको अनुहार पनि आगोले पोलिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : ४२ बजे

सामाखुसीमा नेपाली कांग्रेसको चुनाबी सभा  (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसले सामाखुसीमा चुनावी सभा सुरू गरेको छ । चुनावी

आगामी चुनाव जनमत संग्रह पनि हो : अध्यक्ष ओली

दमक– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेतिर

भोजपुर– भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका

पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?

काठमाडौं– दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका