१५ औँ महाधिवेशन ०८२ मा सम्भव छैन : प्रवक्ता महत  « Khabarhub

१५ औँ महाधिवेशन ०८२ मा सम्भव छैन : प्रवक्ता महत 


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १५ औँ महाधिवेशन ०८२ सालमा सम्भव नरहेको बताएका छन् । 

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेका कारण कांग्रेसको आगामी महाधिवेशन ०८२ सालमा सम्भव नरहेको बताएका हुन् ।

‘पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन,’ प्रवक्ता महतले भने, ‘तयारीका लागि केही समय थप गर्न सकिन्छ ।’ 

विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप गर्ने भन्ने बारे  केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।प्रवक्ता महतले सरकारले ल्याएका अध्यादेशहरू पास गर्ने विषयमा विपक्षी दलहरूसँग छलफल भइरहेको पनि बताए ।

‘पाँच वटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेयकबाट पास हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : २१ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट