माओवादीप्रति आकर्षणको लहर सुरु भएको छ : प्रचण्ड « Khabarhub

माओवादीप्रति आकर्षणको लहर सुरु भएको छ : प्रचण्ड


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बागमती– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताएका छन्। 

मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए। 

उनले भने, ‘जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी तपाईँहरूले योजना र कार्यक्रम बनाएर अघि बढ्नुस् ।’

पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए। उनले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न सबैलाई निर्देशन दिए । 

माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताए। उनले आजै मकवानपुरका सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : २६ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट