प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मी र कोशी, मधेश र पुलिस भिड्दै « Khabarhub

प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मी र कोशी, मधेश र पुलिस भिड्दै


१ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। शनिरबार नेपाल आर्मी क्लब र कोशी प्रदेशको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ भने मधेश र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्।

जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ। आर्मी तालिकाको शीर्ष स्थानमा छ। तीनमा तीन खेल नै गुमाएर तालिकाको पुछारमा रहेको कोशीले आज आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल प्रहरीले समान ६ अंक बनाए पनि रनरेटको आधारमा अंक तालिकामा दोस्रो स्थानमा छ। तीनमा एक खेल गुमाएको सशस्त्र प्रहरी क्लब चार अंकसहित तेस्रो स्थानमा छ। समान चार अंक भए पनि लुम्बिनी प्रदेश रनरेटका आधारमा चौथो स्थानमा छ।

मधेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीले दुईदुई अंक जोडेका छन्। मधेशले दुई खेल मात्र खेलेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ। गण्डकी, कर्णाली र बागमतीले तीनतीन खेल खेलिसकेका छन्।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ६ : १३ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा