निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने « Khabarhub

निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा  जिल्लाका तीन स्थानमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ ।

यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने जनाएको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिने आयोजक संस्था नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।

दश स्थानीय तह रहेको खोटाङमा एक हजार ५४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले शिविर आयोजना गरिएको उनको भनाइ छ ।

आयोजकका अनुसार शिविरमा करिब दुई हजार १०० जनाले सेवा लिने अनुमान गरिएको छ । शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र बासको समेत व्यवस्था गरिएको छ ।

२०६० साल वैशाख १० गतेबाट जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको सङ्घले २७ हजार ५०१ जनाको आँखा उपचार गराइसकेको जनाइएको छ । निःशुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको तीन लाख ५० हजारदेखि चार लाखसम्म खर्च हुने जनाइएको छ ।

शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सङ्घले सदरमुकाम दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्र सञ्चालनका लागि सरकारले एउटा केन्द्रलाई बीउ पुँजीको रुपमा हरेक वर्ष पाँच लाख  उपलब्ध गराउँदै आएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ४७ बजे

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ