कैलालीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु « Khabarhub

कैलालीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको हो । नदीमा डुबेका दुईजनाको भने उद्धार गरिएको छ ।

मृत्यु हुनेमा फूलबारीका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा रहेको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो ।

उनीहरूसँगै नदीमा नुहाउन गएका १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय आदर्श पुजाराको उद्धार गरिएको छ ।

दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । होलीको रङ्ग खेलिसकेपछि उनीहरु नुहाउन गएको बुझिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ९ : १६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा