श्रीलंकामा बाली नस्ट गर्ने वन्यजन्तुको गणना र नियन्त्रण « Khabarhub

श्रीलंकामा बाली नस्ट गर्ने वन्यजन्तुको गणना र नियन्त्रण


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेनसी– श्रीलंकाले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्‍याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।

शनिबार बिहान पाँच मिनेटको अवधिमा करिब ४० हजार स्थानीय अधिकारीहरू जङ्गली बँदेल, लोरिस, मयूर र बाँदर गणना गर्न खेतबारी र वस्ती वरपर तैनाथ गरिएको थियो।

उत्तर–मध्य जिल्ला अनुराधापुरामा किसान परिवारहरू खुला चौरमा भेला भएर जनावरहरूको गणना गरे र कृषि मन्त्रालयले उपलब्ध गराएको पानामा रेकर्ड गराए ।

मन्त्रालयका अधिकारी अजित पुष्पकुमाराले राजधानी कोलम्बोमा पत्रकारसँग भने, ‘हामीले दोहोरो गणना नहोस् भन्नका लागि बालीनाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको छोटो समयमा गणना गरिरहेका छौँ ।’

उनले भने, ‘गणनाको परिणाम करिब ८० प्रतिशत सही हुनेछ भन्नेमा हामीले आशा गरेका छौँ । यी जनावरहरूको सङ्ख्या थाह पाएपछि हामी तिनीहरूसित जुध्न अर्को कदम चाल्न सक्छौं।’

कोलम्बोबाट २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुराका बासिन्दाहरू वन्यजन्तु गणनाको तयारीका लागि बिहान सबेरै खेतमा निस्केका थिए ।

‘हामीसँग धेरै उत्साही सहभागीहरूबाट धेरै सफल गणना भएको छ । उनीहरू ती किसान हुन्, जसले लगातार बालीनालीमा क्षति ब्यहोर्नुपरेको थियो ।’ अनुराधापुराको मिहिन्तले क्षेत्रमा गणना गर्ने कृषि विभागका कर्मचारी चामिन्दा दिसानायकेले एएफपीसँग भने, ‘हाम्रो गणनामा २२७ टोक बाँदर र ६५ बैजनी रंगका लङ्गुर दर्ता भएका छन् ।’

यसैबीच विपक्षी सांसद नलिन बन्दाराले जनगणनाको आलोचना गर्दै यसलाई ‘पैसाको बर्बादी’ भनेका छन् । 

‘यो पूर्ण असफलता हो, पैसाको बर्बादी हो। रातको समयमा खेतबारीमा आक्रमण गर्ने कीराहरूबारे के भन्न सकिन्छ? उनीहरूको गणना भइरहेको छैन,” बन्दाराले भने, ‘गणनाका लागि नयाँ प्रविधि प्रयोग गर्न सकिन्थ्यो।’

अधिकारीहरूका अनुसार एक तिहाइभन्दा बढी बालीनाली हात्तीलगायत जङ्गली जनावरले नष्ट गर्ने गरेका छन् तर श्रीलंकामा हात्तिलाई पवित्र मानिएकाले यसलाई यहाँको कानुनले संरक्षण गरेको छ ।

हात्ती धान खेती र फलफूल खेतीमा आक्रमण गर्ने प्रमुख जनावर भए पनि शनिबारको गणनामा यसलाई समावेश गरिएको छैन । 

सन् २०२३ मा तत्कालीन कृषिमन्त्रीले चिनियाँ चिडियाखानामा करिब एक लाख टोक मकाक निर्यात गर्ने प्रस्ताव गरेका थिए तर वातावरणविद्को विरोधपछि बाँदरको विक्री योजना रोकिएकोे थियो ।

श्रीलंकाले सन् २०२३ मा आफ्नो संरक्षित सूचीबाट बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली सुँगुरलगायत थुप्रै प्रजातिलाई हटाएको थियो।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  २ : ३० बजे

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी