नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । 

शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा राजावादीहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् । 

‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ । राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले नारायणहिटीको प्रवेश द्वार अगाडि यातायात अवरुद्ध हुने गरेर प्रदर्शन गरिरहेका छन् । 

पछिल्लो समय विभिन्न राजावादी समूहहरू नारायणहिटी दरबार संग्राहलय अघि पुगेर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । 


यसअघि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दल र समूहहरूले फागुन २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । उनीहरूको प्रदर्शनपछि गणतन्त्रवादी दलहरू हच्किएका छन् ।    

शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै सक्रिय हुन थालेपछी समाजवादी मोर्चा, नेपालले चैत १५ गते वृहत विरोध सभाको घोषणा गरेको छ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) संयुक्त मोर्चा बनाएर गतिविधिहरू गर्दै आएका छन् ।

 तस्बिर :  केशव सावद 

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : २७ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको