मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन सर्‍यो | Khabarhub Khabarhub

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन सर्‍यो


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन १८ चैतमा हुने भएको छ । विश्वविद्यालयले ७ चैतबाट निर्वाचन प्रक्रिया सुरु भएर १८ चैतमा मतदान गर्ने योजना बनाएको हो । 

निर्वाचनका लागि विश्वविद्यालयले सह-प्राध्यापक दीपेन्द्रबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । यसअघि पटक-पटक उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित हुँदै आएको थियो ।

८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि मध्यपश्चिम विश्वविद्यालयको स्ववियु नेतृत्वविहीन छ । 

त्यसको तीन वर्षपछि ५ चैत २०७९ मा तय भएको निर्वाचन तालिकामा विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । 

त्यसपछि पुनः २८ भदौ २०८१ मा तय भएको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै २६ भदौमा बायोलोजी समूह पाँचौँ समेस्टरका विद्यार्थी अदालत पुगेपछि निर्वाचन स्थगित भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ४२ बजे

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

काठमाडौं – भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच

सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद

बैतडी – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई ठूला दल

निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी