पूर्वराजालक्षित अभिव्यक्ति पुरानै तथ्य र प्रमाणका आधारमा दिएको हुँ : प्रचण्ड | Khabarhub Khabarhub

पूर्वराजालक्षित अभिव्यक्ति पुरानै तथ्य र प्रमाणका आधारमा दिएको हुँ : प्रचण्ड


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित पछिल्लो अभिव्यक्ति पुरानै तथ्य र प्रमाणका आधारमा दिइएको बताएका छन् । 

समाजवादी मोर्चा, नेपालले चैत १५ गते गर्न लागेको बृहत् विरोध सभाका बारेमा जानकारी दिन शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले शुक्रबार आफूले दिएको अभिव्यक्ति पुरानै तथ्य र प्रमाणका आधारमा दिइएको बताएका हुन् । 

‘मैले हिजो जे बोलेको छु, त्यो धेरै पहिलेदेखि बोलिराखेको कुरा हो । दरबार हत्याकाण्ड भएलगत्तै पछि, जतिबेला हामी भूमिगत थियौँ त्यतिबेला पनि यही कुरा बोलिएको थियो,’ प्रचण्डले भने, ‘म पहिलोचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि पनि त्यही कुरा बोलिएको थियो । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ ।’ 

पछिल्लो समय राजावादीले पूर्वराजा ज्ञानेन्द्रलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै आन्दोलन गर्न थालेपछी स्मरण गर्न आवश्यक ठानेर आफूले सिन्धुपाल्चोकमा उक्त अभिव्यक्ति दिएको उनको भनाइ थियो । 

‘तिनै कुरालाई अहिले जसरी फेरि पुनरुत्थानको कोसिस भएको छ, त्यस सन्दर्भमा स्मरण गर्नु आवश्यक ठानेर बोलेको हुँ । अझ मैले भनेको छु जनतालाई लागेको छ भन्ने भाषा छ मेरो त्यहाँ,’ प्रचण्डले भने, ‘जनताका यी प्रश्न छन्, त्यसको उत्तर खोज्नै पर्छ भन्ने हिसाबले भनेको हो । नयाँ तथ्य या नयाँ प्रमाण भनेर होइन । पुरानै तथ्य, पुरानै प्रमाण र आम नेपाली जनताको मनमा जे छ त्यो कुरा मैले मुखरित गरेको मात्रै हो ।’

सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार माओवादी केन्द्रले आयोजना गरेको एक समारोह सम्बोधनका क्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को संज्ञा दिएका थिए ।

‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनको परिवारभित्र थिए नि १ सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ,’ अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ५६ बजे

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति

छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट

कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

विराटनगर– कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ

वीरगञ्ज– खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर