पीएम कप कोशीमाथि आर्मीको शानदार जित « Khabarhub

पीएम कप कोशीमाथि आर्मीको शानदार जित


१ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कोशीले दिएको २३१ रनको लक्ष्य पछाएको आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । 

आर्मीका लागि तृतराज दासले ११२ रनको शतकीय पारी खेलेका थिए । यस पीएम कपमा बनेको यो दोस्रो शतक हो । यस अघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले गण्डकी प्रदेशविरुद्धको खेलमा १२१ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आर्मीका लागि बसिर अहमदले अविजित ६१ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र शाहाब आलमले २-२ विकेट लिएका थिए ।

यो जितपछि आर्मीले लगातार चौथो जित हासिल गर्दै प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै कोशी प्रदेशले भने आफ्नो लगातार चौथो हार बेहोरेको छ ।
 

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ५ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको