टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी | Khabarhub Khabarhub

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेनसी – जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ ।

अर्बपति एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले कर्मचारीको मेडिकल प्रमाणपत्रमाथि प्रश्न उठाउँदै आएको र पछि ‘तलब रोक्का गरिएको’ आइजी मेटल युनियनले आरोप लगाएको हो । 

टेस्लाले कथित ‘ओभरपेमेन्ट’ को कारण ‘ऋण’ मा फसेको हवाला दिँदै कहिलेकाँही उनीहरूलाई जागिरबाट अवकाश दिनेगरी पारस्परिक सम्झौतामा हस्ताक्षर गर्न प्रोत्साहित गर्नेगरेको पाइएको छ” युनियनले भनेको छ।

जर्मनीको टेस्लाका लागि यो आरोप निकै कठिन समयमा आएको छ, जहाँ कम्पनीले जनवरीदेखि कारको बजारमा कारोबारको हिस्सा गुमाइरहेको छ । जर्मनीमा हालै सम्पन्न संसदीय चुनावमा अति दक्षिणपन्थी एएफडी पार्टीलाई समर्थन गरेको भन्दै मस्कको आलोचना भइरहेको छ ।

जर्मनीको बर्लिनमा टेस्लाका चार वटा कारमा बिहीबार राति देखि शुक्रबारसम्म आगलागी भएको प्रहरीले जनाएको छ । आईजी मेटलका अनुसार ११ हजारभन्दा बढीलाई रोजगारी दिने कारखानामा काम गर्ने कामदारले विवादमा युनियनको सहयोग लिने औसतभन्दा २१ गुणा बढी सम्भावना छ ।

टेस्लाको व्यवस्थापनले ‘बिल्ड ट्याब्लोइड’लाई बताएअनुसार हरेक महिना करिब एक दर्जन यस्ता मुद्दाहरू हुने गरेका छन् । कम्पनीले बिल्डलाई भनेको छ, ‘यहाँ सामूहिक कार्यको कुरा गर्नु भनेको वास्तविकताको जानाजानी विकृति हो।’

टेस्लाले प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधमा कुनै जवाफ दिएको छैन ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ०४ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको